मानवसेवा आश्रममा दुईजनाको मृत्यु
मकवानपुर | पुस १२, २०८०
मानवसेवा आश्रममा दुई दिनको अन्तरालमा दुई जनाको मृत्यु भएको छ।
मकवानपुर हेटौडा-९ लामसुरेधापस्थित मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृत्यु भएको हो।
आश्रममा बस्दै आएका २५ वर्षीय अमित विश्वकर्माको बिहिबार बिहान मृत्यु भएको हो। सोही आश्रममा बस्दै आएकी १९ वर्षीया पुजा मानवको मंगलबार १० गते मृत्यु भएको थियो। अमितलाई असार २७ गते मकवानपुर बकैया गाउपालिका-३ हात्तिसुडेबाट उद्धार गरेर ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक ९एसपी० सिताराम रिजालले जानकारी दिए।
कालगतिले मृत्यु भएको भन्ने खबर प्राप्त भएको छ,हामी बुझ्दैछौुं एसपी रिजालले भने।
उनका अनुसार दुई दिनअघि मृत्यु भएको पुजालाई २०७६ मंसिर १ गते बाग्लुङबाट उद्धार गरेर ल्याइएको थियो। उनको पनि कालगतिले मृत्यु भएको भन्ने खबर प्रहरीलाई प्राप्त भएको एसपी रिजालले जानकारी दिए।
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...
काठमाडौं: नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भक्...

